Logo

मुख्य समाचार

१३.२ प्रतिशतले बढ्यो रेमिट्यान्स, १० महिनामा १३ खर्ब ५६ अर्ब भित्रियो


GDP नेपाल
   २८ जेष्ठ २०८२, मंगलबार


काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा १३ खर्ब ५६ अर्ब ६१ करोड रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार १० महिनामा रेमिट्यान्स १३.२ प्रतिशतले वृद्धि भएको हो ।

त्यस्तै, वैशाख महिनामा मात्रै एक खर्ब ६५ अर्ब ३० करोड रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको वैशाखको तुलनामा ४९ अर्ब ३१ करोड रुपैयाँले रेमिट्यान्स बढेको हो ।
समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.५ प्रतिशतले वृद्धि भई ९ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.८ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १४७९ अर्ब ८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १३०१ अर्ब ७५ करोड रहेको थियो ।


वैशाख मसान्तसम्म वैदेशिक रोजगारीका निम्ति संस्थागत तथा व्यक्तिगत गरी नयाँ अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या चार लाख पाँच हजार ६१० छ । रपुनः श्रम स्वीकृति लिनेको संख्या दुई लाख ८० हजार ३१४ छ ।


अघिल्लो वर्षको सोही अवधिमा संस्थागत तथा व्यक्तिगत गरी नयाँ अन्तिम श्रम स्वीकृति लिनेको संख्या तीन लाख ७३ हजार ३०७ थियो । पुनः श्रम स्वीकृति लिनेको संख्या दुई लाख ३६ हजार ३९८ थियो ।

प्रकाशित : २८ जेष्ठ २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह