Logo

मुख्य समाचार

पत्रकारिता परपीडक बन्दै गइरहेको छ: प्रधानमन्त्री ओली


gdpnepal
   २९ जेष्ठ २०८२, बुधबार


ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारिताले परपीडक नभई सकारात्मक र विश्लेषणत्मक चेतका साथ समाजलाई बाटो देखाउनुपर्ने बताएका छन् । 

रातोपाटी डटकमले १२ ओैं वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजना गरेको  समारोहमा प्रधानमन्त्री ओलीले विश्लेषणात्मक चेतले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्ने भएकाले सत्यलाई अँगाल्न आग्रह गरेका हुन् । 

‘झुटमुटमा क्रिटिकल हुनु पर्दैन, निष्पक्ष हुँदा पुग्छ, अलोचनात्मक चेत मात्रैले राम्रोमा पनि खराब देख्छ, एउटालाई राम्रो देखाउन अर्कोलाई गाली गर्छ, अवान्छित आरोपबाट रातोपाटी बचेको छ मान्छे मन परेन भने पनि आफ्ना लागि सत्य कुरा लेख्नुपर्छ । आफ्ना लागि सत्य बङ्ग्याइहाल्नुपर्ने खालको प्रवृत्ति हुनु हुँदैन ।’ प्रधानमन्त्री ओलीले भने । 

इमानदारको खडेरी देशमा नपर्ने भन्दै कसैले स्वार्थले इमानदार नदेख्ने बताए । ‘इमानदारको खडेरी देशमा परेको हुँदैन । कसैले आफ्ना स्वार्थले अरुलाई इमानदार देख्दैन त कसको के लाग्छ ?’ उनले भने ।  

उनले रातोपाटी डटकमले थुप्रै अनलाइनमध्ये असाधारण ढंगले ठूलो परिश्रम र लगनबाट सफलता प्राप्त गरेको बताए । प्रधानमन्त्री ओलीले सञ्चार माध्यमले अनेक क्षेत्रमा यथोचित व्यवस्थापन सहित सुझाव दिनुपर्ने आवश्यकता रहेको बताए ।

 

प्रकाशित : २९ जेष्ठ २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह