Logo

मुख्य समाचार

सिमरामा १३२ केभी सबस्टेशन निर्माण गर्न सेज र प्राधिकरण बिच सम्झौता


GDP नेपाल
   २९ जेष्ठ २०८२, बुधबार


काठमाडौं । सिमरामा १३२ केभी क्षमताको सबस्टेशन निर्माण गर्न विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) र नेपाल विद्युत प्राधिकरण बीच मंगलबार एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

नेपाल विद्युत प्राधिकरणका प्रवक्ता राजन ढकालले सेज र प्राधिकरण बिच मंगलबार दरबारमार्ग स्थीत प्राधिकरणको कार्यालयमा यस्तो सम्झौता भएको जानकारी दिए । सेजमा स्थापना हुने उद्योगधन्दालाई लक्षित गरी त्यस क्षेत्रमा विद्युत सेवा विस्तार गर्ने उद्येश्यले सब स्टेशन निर्माण गर्ने योजना अनुरुप दुईपक्ष बिच सम्झौता भएको उनले बताए ।

प्रवक्ता ढकालका अनुसार उद्योग मन्त्रालयले बहुवर्षिय परियोजनाहरु स्विकृत गरेपछि टेन्डर आह्वान गरेर सबस्टेशन निर्माणका बाँकी कार्यहरु अघि बढाउने याोजना रहेको छ । उक्त क्षेत्रमा के कस्ता र कति क्षमताका उद्योगहरु स्थापना हुन्छन सोहि अनुसार उक्त कति पावर सप्लाइ गर्ने भन्ने कुरा निक्र्यौल हुने बताइएको छ ।

नेपाल विद्युत प्राधिकरणका र सेजका प्रतिनिधिहरु बिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

प्रकाशित : २९ जेष्ठ २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह