काठमाडौं । काठमाडौं महानगरपालिकाका तत्कालीन प्रंमुख प्रशासकीय अधिकृत प्रदीप परियारविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
सूचना तथा प्रशारण विभागको महानिर्देशक पदमा बहाल रहेका परियारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४ करोड ३१ लाख ७२ हजार रुपैयाँ बिगो मागदावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
परियारमाथि काठमाडौँ महानगरपालिकाको सामाखुसी कोरिडोर अन्तर्गत बसुन्धरादेखि म्हेपीसम्मको ढल निर्माण कार्यको ठेक्कामा भ्रष्टाचार गरेको आरोप लागेको छ ।
अख्तियारको अनुसन्धानमा काठमाडौ महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, बोलपत्र मूल्याङ्कन समितिका पदाधिकारीहरु निर्देशक ( रवीनमान श्रेष्ठ, निर्देशक शिवराज अधिकारी, निर्देशक बसन्त आचार्य, निर्देशक नमराज ढकाल, इन्जिनियर जनार्दन गिरी र खरिद एकाईका सहायक निर्देशक उत्तम दाहालसमेतको मिलेमतो तथा बदनियत रहेको पाइएको छ ।
महाानगरका मेयर बालेन शाहले निकै रुचाएका परियारलाई छोटो समयमै संघीय सरकारले सरुवा गरेपछि शाह क्रुद्ध बनेका थिए ।










प्रतिक्रिया