काठमाडौँ । नेपाल दूससञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को निमित्त प्रबन्ध निर्देशकमा सविना मास्के नियुक्त भएकी छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रीस्तरको निर्णयअनुसार मास्केलाई उक्त जिम्मेवारी दिएको हो ।
टेलिकमका प्रबन्ध निर्देशक संगिता पहाडीसहित १८ जनाविरुद्ध बिलिङ प्रणालीको मर्मत सम्भारसम्बन्धी ठेक्का लम्ब्याउने क्रममा भ्रष्टाचार अभियोगमा मुद्दा दायर भएपछि माक्सेलाई निमित्तको जिम्मेवारी दिएको हो ।










प्रतिक्रिया