Logo

मुख्य समाचार

मध्यरातमा जिल्ला अदालतको आदेश: दुर्गा प्रसाईलाई थुनामै राखेर मुद्दा चलाउनू !


gdpnepal
   ३१ जेष्ठ २०८२, शुक्रबार


मध्यरातमा जिल्ला अदालतको आदेश: दुर्गा प्रसाईलाई थुनामै राखेर मुद्दा चलाउनू

काठमाडौं । काठमाडौं जल्ला अदालतले  राजावादी आन्दोलनका अगुवा दुर्गा प्रसाईलाई थुनामै राखेर मुद्दा चलाउन आदेश दिएको छ ।

बिहीबार मध्यरातमा न्यायाधीश ध्रुवराज कार्कीले यो आदेश जारी गरेका हुन् ।

कार्कीको इजलासमा बिहीबार दिउँसो थुनछेक बहस सकिए पनि  मध्यरात (१२ बजेपछि) यस्तो आदेश आएको हो।

प्रसाईसहित सात जनालाई थुनामा राखिने र अन्य धरौटीमा रिहा हुने भएका छन् ।

चैत १५ राजावादीहरूको प्रदर्शन क्रममा तीनकुनेमा भएको हिंसात्मक घटनाका मुख्य आरोपी दुर्गा प्रसाईं अब पुर्पक्षका लागि कारागार चलान हुने छन् ।

प्रसाईंसहित ३९ प्रतिवादीलाई इजलास बाहिर राखिएको थियो। 

प्रसाई छुट्ने आशामा राति अबेरसम्म बबरमहलमा भेला भएका प्रसाईका समर्थकहरु निराश भएर फर्केका छन् ।

 समयमै आदेश नआउँदा सबै प्रतिवादीहरूलाई इजलास बाहिरै राखिएको थियो ।

 

प्रकाशित : ३१ जेष्ठ २०८२, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह