काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा वाणिज्य बैंकहरुले ४७ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।
गत वर्षको यसै अवधिको तुलनामा बैंकहरुको नाफा १.६७ प्रतिशतले घटेको हो । गत वर्ष बैंकहरुले ४८ अर्ब ६० करोड ६७ लाख रुपैयाँ नाफा कमाएका थिए ।
बैशासम्म १० वटा बैंकको नाफा बढेको छ भने १० वटाको घटेको छ ।
सबैभन्दा धेरै नाफा आर्जन गर्नेमा नबिल बैंक रहेको छ । नबिल बैंकले यस अवधिमा ५ अर्ब ६० करोड नाफा कमाएको छ । त्यस्तै, ग्लोबल आइएमई बैंकले ५ अर्ब ३५ करोड नाफा कमाएको छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५ अर्ब २ करोड नाफा आर्जन गर्न सफल भएको छ ।
यस्तै, सबैभन्दा कम नाफा आर्जन गर्नेमा एनआइसी एसिया बैंक रहेको छ । एनआइसी एसियाले यस अवधिमा ४ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।










प्रतिक्रिया