Logo

मुख्य समाचार

धवल शमशेरलाई ३ लाख धरौटीमा छुटे, रवीन्द्र मिश्र अझै फरार


gdpnepal
   ३ असार २०८२, मंगलबार


 

काठमाडौं । राप्रपा महामन्त्री डा. धवलशम्शेर राणालाई काठमाडौं जिल्ला अदालतले ३ लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको छ । सोमबार जिल्ला अदालत काठमाडौंमा न्यायाधीश शिवप्रसाद खनालको इजलासमा थुनछेक बहस सम्पन्न भएपछि यस्तो आदेश दिइएको हो ।

राणाले सोमबार अदालतमा उपस्थित भई बयान दिएका थिए । त्यसपछि थुनछेक सम्बन्धी बहस भएको थियो । राणाको तर्फबाट डा. भीमार्जुन आचार्य, शतिशकृष्ण खरेल, गोविन्द बन्दी, बिष्णु भट्टराई र राजु बस्नेतलगायत कानुनी प्रतिनिधिहरूले बहस गरेका थिए । सरकारी पक्षबाट चारजना सरकारी वकिलहरूले प्रतिवाद प्रस्तुत गरेका थिए ।

गत चैत १५ गते पक्राउ परेका डा. राणा उमेर र स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानीमा छुटेका थिए । प्रहरीले अभियोजन प्रक्रिया अघि बढाउँदा उनी अदालतमा उपस्थित भएका थिएनन् । सोमबार भने उनी स्वयं अदालतमा उपस्थित भएर बयान दिएका हुन् ।

यसै प्रकरणमा राणासँगै पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र भने सोमबार अदालतमा उपस्थित भएका छैनन् ।

प्रकाशित : ३ असार २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह