Logo

बैंक / बिमा /शेयर

बजारबाट ९० अर्ब झिक्दै
राष्ट्र बैंक


GDP नेपाल
   ४ असार २०८२, बुधबार


काठमाडौं । बजारमा तरलता बढी भएपछि राष्ट्र बैंकले आज बजारबाट ९० अर्ब रुपैयाँ झिक्न लागेको छ ।
अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले निक्षेप सङ्कलन उपकरणमार्फत ३५ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।

आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सुचना मार्फत आहृवान गरेको छ । कममा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।


निक्षेप सङ्कलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् ।

प्रकाशित : ४ असार २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह