Logo

मुख्य समाचार

राप्रपाकै पछि लाग्यो रास्वपाः बेल घेराउ प्रभावहीन भएपछि सदन बहिस्कार !


gdpnepal
   ६ असार २०८२, शुक्रबार


काठमाडौं । कालो पोशाक र निलो रिबन लगाएर संसद प्रवेश गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले शुक्रबारको प्रतिनिधिसभा बैठक बहिस्कार गरेको छ ।

यसअघिका दिनमा बेल घेराउ गर्दै आइरहेको रास्वपाले आज भने बैठक नै बहिस्कार गरेको हो ।

बैठक कार्यसूचीमा प्रवेश गर्नासाथ उनीहरु बाहिरिएका थिए ।

यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीले बहिस्कार गर्दै आए पनि रास्वपाले भने बेल घेराउ गर्दै आएको थियो ।

रास्वपा र राप्रपा संसदका चौथो र पाँचौं ठूला दल हुन् । यी दुई दलबीच नीतिगत रुपमा समेत ठूलो फरक नभएको भन्दै सहकार्यको प्रयाश हुँदै आएको छ ।

रास्वपाले संघीय गणतान्त्रिक व्यवस्थाप्रति अपनत्व लिन सकेको छैन भने राप्रपाको राजावादी कित्तामा पनि प्रवेश गर्न सकेको छैन ।

यद्यपि, हाल मझधारमा रहेको यो पार्टी राजावादी आन्दोलन चर्कंदै गए सोही कित्तामा पुग्ने धेरैको विश्वास छ ।

पार्टीका संस्थापक सभापति रवि लामिछाने राजावादीसँग पारिवारिक रुपमा मात्र नभै भावनात्मक रुपमा समेत निकट छन् भने रास्वपामा रविको निर्णय नै अन्तिम हुने भएकाले अन्य केहीले विरोध गरे पनि अर्थहीन हुने देखिन्छ ।

प्रकाशित : ६ असार २०८२, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह