Logo

बिजनेस होम

आज भारी वर्षाको सम्भावना: बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा बढी जोखिम


gdpnepal
   ८ असार २०८२, आइतबार


काठमाडौं । आइतबार देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना छ । देशभर आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल/वर्षा) रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो कोसी प्रदेशका पहाडी भूभाग, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । 

”वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागको धेरै स्थानहरूमा तथा बाँकी भूभागको केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,” महाशाखाले आइतबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । 

यस्तै, देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान हल्का वर्षा/हिमपातको सम्भावना छ ।

महाशाखाले आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । कोसी, मधेस र वाग्मती प्रदेशका थोरै स्थानमा धेरै भारी वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

“कोसी प्रदेश, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश प्रदेशका धेरै स्थानहरू र बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,” महाशाखाले भनेको छ ।

राति देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ ।

 

प्रकाशित : ८ असार २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह