Logo

मुख्य समाचार

प्रचण्ड भन्छन्ः रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भनेर अहिले पनि लागिरहेको छु !


gdpnepal
   १० असार २०८२, मंगलबार


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भनेर आफू लागिरहेको बताएका छन् ।

मंगलबार सिंहदरबारमा नेकपा एसका अध्यक्ष माधव नेपालसँगको भेटपछि सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘यसमा म रास्वपालाई धेरै केही भन्न चाहान्न । रास्वापा र रवि लामिछानेलाई अन्याय नहोस् भन्नको निम्ति हामीले अन्तिम समयसम्म प्रयास गरेको हौं । अझै गरिराखेको छु । रास्वपाको साथिहरुले एकदिन सबै कुरा बुझ्नुहुन्छ ।’

उनले समाजवादी मोर्चालाई कसरी अगाडि बढाउने भन्ने विषयमा पनि बैठकमा छलफल भएको बताए ।

 

प्रकाशित : १० असार २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह