Logo

अर्थनीति

आज एकै दिन ६ संसदीय समिति बैठक, प्रतिनिधिसभा र राष्ट्रियसभा भने नबस्ने


gdpnepal
   ११ असार २०८२, बुधबार


काठमाडौं । प्रतिनिधिसभाबाट बजेट पारित भएसँगै चालू बर्खे अधिवेशनका अन्य गतिविधि सुरु भएका छन् ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक नभए पनि आज एकै दिन ६ वटा संसदीय समितिको बैठक बस्दै छन् ।

अर्थ समितिको ७७औँ बैठक आज बस्दै छ । बैठकमा आर्थिक विधेयकमार्फत आयुर्वेदिक औषधिमा प्रस्तावित मूल्य अभिवृद्धि करका सम्बन्धमा नेपाल आयुर्वेद औषधि उत्पादक संघले दिएको निवेदनमा छलफल हुँदै छ ।

बिहान ११ बजे बस्ने बस्ने बैठकमा आर्थिक विधेयकले प्रस्ताव गरेका कर सम्बन्धी व्यवस्था र करका दरहरूका सम्बन्धमा समसामयिक छलफल हुनेछ । 

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । 

पूर्वाधार विकास समितिको बैठक पनि आजै बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा सुनकोशी मरिन डाइभर्सनको कार्य प्रगतिका विषयमा छलफल हुनेछ । 

विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजेका लागि बोलायएको छ । बैठकमा भन्सार विधेयक, २०८० माथि  सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ । 

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि आजै बस्दै छ । बैठकमा वाग्मती प्रदेशस्थित दोलखालगायत  क्षेत्रहरूमा गरिएको स्थलगत अवलोकन कार्यक्रमको समीक्षा हुनेछ । 

बैठक बिहान सवा ११ बजे बस्नेछ । 

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि आज बस्नेछ । 

समितिको २९२ औँ बैठकमा समितिको स्थलगत अनुगमनको समीक्षा एवं प्रतिवेदनको मस्यौदामा छलफल हुनेछ । 

बैठक बिहान ११ बजे बस्ने कार्यतालिका छ । 

 

प्रकाशित : ११ असार २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह