Logo

अर्थनीति

ललितपुर महानगरमा मुलुककै चुस्त र दुरुस्त नगर प्रहरी छन्: प्रमुख महर्जन


gdpnepal
   १३ असार २०८२, शुक्रबार


ललितपुर । ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरीबाबु महर्जनले नेपाल प्रहरीसँग साझेदारी गरेका कामहरु सबै सफल भएको बताएका छन् ।  

बिहीबार ललितपुरमा लागु औषध दुरुपयोग एवम् ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित लागु औषध दुव्र्यसनरहित घर अभियान कार्यक्रममा बोल्दै उनले ललितपुर महानगरपालिकाले धेरै कामहरु नेपाल प्रहरीको सहकार्यमा भएको र सबै सफल भएको बताएका हुन् । 

‘ललितपुर महानगरपालिकाले नेपाल प्रहरीसँग साझेदारी गरेका काम एकदमै सफल भएको छ । हामीले गरेका काममा नेपाल प्रहरीको धेरै सहयोग छ । यसका निम्ति म सम्पूर्ण प्रहरीहरुमा धन्यबाद,’ उनले भने । 

उनले ललितपुर महानगरपालिकामा मुलुककै चुस्त र दुरुस्त नगर प्रहरीहरु रहेको भन्दै नेपाल प्रहरीको अभियानमा सामेल गराउन आग्रह समेत गरे । 

‘ललितपुर महानगरपालिकामा मुलुककै चुस्त र दुरुस्त नगर प्रहरीहरु छन् । नगर प्रहरी प्रमुख निकै ख्यातिप्राप्त हुनुहुन्छ । उहाँकै कमाण्डमा १२५ जना नगर प्रहरीहरु छन् । उहाँले यो अभियान साथै लैजानु हुनेछ । नेपाल प्रहरीसँग रहेको अनुभव नगर प्रहरीलाई हस्तान्तरण गर्न आग्रह गरे,’ उनले भने । 

यस्तै, प्रहरी महानिरीक्षक दिपक थापाले लागु औषध दुव्र्यसनरहित घर अभियान लागु औषध दुरुपयोग एवम् ओसारपसार न्यूनीकरणका लागि कोषेढुङ्गा सावित हुने बताए । 

 

प्रकाशित : १३ असार २०८२, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह