Logo

मुख्य समाचार

कांग्रेसले १३ करोड खर्चेर १९ आना जग्गा किन्दैः केन्द्रीय कार्यालय विस्तार हुने


gdpnepal
   १३ असार २०८२, शुक्रबार


काठमाडौं । नेपाली कांग्रेसले पार्टी काार्यालय अगाडिपट्टि रहेको १९ आना जग्गा खरिद गर्ने भएको छ । यसका लागि पार्टीले १३ करोड खर्चंदैछ ।

कांग्रेस केन्द्रीय कार्यालय भवन रहेको सानेपा ललितपुरको कार्यालय परिसरलाई अझ फराकिलो र थप व्यवस्थित बनाउने उद्देश्य साथ जग्गा खरिद गर्न लागिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार कार्यालय अगाडीपट्टी रहेको १९ आना अर्थात एक रोपनी तीन आना तीन पैसा जग्गा र सोही जग्गामा बनेको तीन तले घर खरिद गर्ने निर्णय गरिएको हो ।

ललितपुर निवासी अमिरमान अमात्यको नाममा रहेको सो जग्गा र घर नेपाली कांग्रेस केन्द्रीय कार्यालयले खरिद गर्ने गरी असार ११ गते महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र कोषाध्यक्ष उमेश श्रेष्ठको उपस्थितिमा सम्झौता भएको छ ।

जग्गा धनीसँग १ वर्षभित्र पास गर्ने गरी ५० लाख रुपैयाँ बैना सहित सम्झौता भएको हो ।

मुख्यसचिव पौडेलका अनुसार निर्धारित १३ करोड रुपैयाँ, पार्टीको विभिन्न तहको लेबी एवं शुभेच्छुकहरूको सहयोग मार्फत सबैको अपनत्व गाँसेर चुक्ता गरिनेछ ।

 

प्रकाशित : १३ असार २०८२, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह