Logo

मुख्य समाचार

नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित


gdpnepal
   १४ असार २०८२, शनिबार


काठमाडौं । नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२ प्रतिनिधिसभा बैठकबाट पारित भएको छ । शनिबार बसेको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रमेश लेखकले पेस गरेको नेपाल नागरिकता दोस्रो संशोधन विधेयक बहुमतले पारित भएको हो ।

त्यसअघि विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले नेपाली नागरिकलाई नागरिकताविहीन हुनुपर्ने अवस्था अव नरहने बताए । नेपाली नागरिक आमाबाट जन्मिएका सन्तानले आमाको नामबाट नागरिकता प्राप्त गर्ने व्यवस्थालाई सहज बताउन नयाँ विधेयक ल्याएको उनले बताए । 

प्रतिनिधिसभाका बैठक आइतबार १ बजे बस्ने गरी स्थगित भएको छ । आइतबार बस्ने बैठकमा संघीय निजामती सेवा विधेयक २०८२ लाई पारित गर्ने कार्यसूची रहेको छ ।

 

प्रकाशित : १४ असार २०८२, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह