Logo

बैंक / बिमा /शेयर

असार २२ देखि आइपीओ जारी गर्दै माबिलुङ इनर्जी


GDP नेपाल
   १५ असार २०८२, आइतबार


काठमाडौं । माबिलुङ इनर्जी लिमिटेडले असार २२ गतेदेखि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गर्ने भएको हो ।

कम्पनीले जारी पुँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँको ४८.९९९८ प्रतिशत अर्थात १८ करोड ९० लाख ५३० रुपैयाँ बराबरको सेयर बिक्री गर्ने अनुमति पाएको थियो ।
जसमध्ये १ सय अंकित मूल्यमा ३ लाख ८५ हजार ८२४ कित्ता सेयर आयोजना प्रभावित संखुवासभा जिल्लाको मादि नगरपालिका वडा नं. ७, ८, ९ र चैनपुर नगरपालिका वडा नं. २, ३, ७, ८, ९ मा स्थायी बसोबास गर्ने स्थानीय बासिन्दाहरुलाई जारी गर्न लागेको हो ।


त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले १० प्रतिशत अर्थात १ लाख ५० हजार ४७१ कित्ता सेयरमा आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
स्थानीयले यस कम्पनीको आइपीओमा साउन ४ गतेसम्म आवेदन दिन पाउनेछन् । यद्दपि, स्थानीयले भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा साउन ११ गतेसम्म आवेदन दिन पाउनेछन् ।

साथै, वैदेशिक रोजगारीमा रहेका नेपालीले भने साउन ४ गतेसम्म आवेदन दिन सक्नेछन् ।


आयोजना प्रभावित स्थानीय बासिन्दाले ग्लोबल आइएमई बैंक, चैनपुर, हिमालयन बैंक मादि नगरपालिका, लक्ष्मी सनराइज बैंक, खाँदबारी र आयोजनाको पावरहाउस रहेको संखुवासभा जिल्ला, मादि नगरपालिका वडा नं.७ बाट आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित स्थानीय बासिन्दाकाले दरखास्त फारम प्राप्त गर्नको लागि २ रुपैयाँ शुक तिर्नुपर्नेछ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।यसमा बिक्री प्रबन्धकको काम लक्ष्मी सनराइज क्यापिटलले गर्नेछ ।

प्रकाशित : १५ असार २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह