काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेत र युवा संघकी पूर्व नेतृ शोभा पाठकबीचको लामो विवादमा बस्नेतकी पत्नी अम्बिकाले पहिलोपटक मुख खोलेकी छन् ।
आफ्नो श्रीमानको पक्षमा लामो पोष्ट गर्दै अम्बिका भण्डारी बस्नेतले पाठकको चरित्रमाथि गम्भीर टिप्पणी गर्दै नियतमाथि नै प्रश्न गरेकी छन् ।
अघिल्लो महिना सम्पन्न भएको आफ्नी छोरीको विवाह समारोहलाई आफ्ना कर्तुत र हर्कत प्रदर्शन गर्ने थलो बनाउन खोजेको भन्दै उनले यसलाई ‘निन्दनीय मात्र नभै घृणास्पद पनि रहेको’ बताएकी छन् ।
“तपाईंविरुद्ध कानुनी बाटो अवलम्बन गर्न सक्ने र बदला लिन सक्ने क्षमता मसँग छैन भन्ने भ्रममा नपर्नुहोस्,” पाठकलाई उनले भनेकी छन्, “मभित्र पनि त्यो शक्ति छ तर मैले सहनशीलता र मर्यादालाई रोजेकी छु ।”
अम्बिका थप अगाडि लेख्छिन्ः हो, म सरल छु, सोझी छु तर त्यसको अर्थ कायर हुँ भन्ने कदापि होइन । म ‘भिरकी छोरी’ हुँ, तिमीले जस्तो चालबाजी गर्न जान्दिनँ, तर तिमीले देखाएका हर्कतमा दया गर्न सक्छु ! किनभने म स्त्रीत्वको सम्मान गर्छु ।
उनले आफू नारी हुनुको अर्थ बुझ्ने र स्त्रीत्वको सम्मान गर्ने भन्दै पाठकमाथि प्रेमका नामका ठगी धन्धा, पटक पटक विवाह अनि धोका, अनि बहु–पुरुषसँग लिभिङ टुगेदरमा रहेको भन्दै आरोप लगाएकी छन् ।
“त्यसपछि बार्गेनिङ माग नमिले पछि बलात्कार मुद्दा ?” अम्बिका बस्नेतको प्रश्न छ, “के बलात्कार र भ्रुण हत्या पनि फरक फरक पुरुषसँग पटक पटक हुन्छ ?”
बलात्कार र भ्रुण हत्यालाई रिलेसनसिप बिग्रिएपछि र बार्गेनिङ नमिले पछि प्रयोग गर्न मिल्ने हतियार बनाएको हो भन्दै उनले पाठकको तेस्रो पतिसँगको त्यही ब्यहोराको एसएमएसका विवरण अनि पाठकसँग लिभिङ टुगेदर बसेर यस्तै दुख पाएर बेलायतमा पलायन भएको पिडित पुरुषको एस एम एस सार्वजनिक भएको बताएकी छन् ।
यसलाई प्रहरीले प्रमाणको रुपमा ग्रहण गरेको उल्लेख गर्दै उनले भनेकी छन्, “तिम्रो यस्ता नौटंकी र नाटक साँच्चै बलात्कार पीडित महिलाहरूप्रति अपमान हो, अपराध हो ।”
भ्रुण हत्याको आरोपका सन्दर्भमा बस्नेतले थप कडा टिप्पणी गरेकी छन् । उनी सोध्छिन्ः तिम्रो प्लानमा मलाई सेक्स गर पेट बोकाउ अनि भ्रुण हत्या गर्छु त्यो पनि फरक फरक मान्छे सँग पटक पटक ? यदि सबै कुरा सहमतिमा थियो भने किन जन्म नदिएको ?
बस्नेत पाठकलाई थप प्रश्न गर्छिन्ः यदि बलात्कृत थियौ भने त्यही बेलामा किन रिपोर्ट गरेनौ ? अनि पटक पटक फरक मान्छे संग पटक पटक बलात्कार ? किन तिम्रा प्रत्येक सम्बन्धको अन्त्यमा गर्भपतन नै “रिलेसनसिप एन्डिङ प्रोसेस” जस्तो? कमाउ धन्दा जस्तो ?
के भ्रुण हत्या तिम्रो लागि आत्मगौरव हो ?
“आफ्नो सन्तानलाई बारम्बार चक्कु चलाएर मेटाउनु माताको ‘अधिकार’ हो र त्यो त तिम्रो बर्बरता हो, त्यो आमा हुनुको अपमान हो,” उनले भनेकी छन्, पुरुष मात्रै बहुस्त्रीगामी होइन, महिला पनि बहुपुरुषगामी हुनसक्छे तिमी जस्तै ? यो महिलाको हक र स्वतन्त्रता होइन, चरित्र पतनको कर्म हो ।”
यस्तो छ, बस्नेतको पोष्ट जस्ताको तस्तैः
पीडित” कि कलाकार? – नक्कली कथाकी नायिकालाई केही कठोर सत्यहरू
मेरो पति र परिवारलाई काल्पनिक मुद्धा फेसबुक टिकटक लाइभ बाट तपाईंले दिएका मानसिक पीडाहरूको सीमा छैन।
झनै, मेरी छोरीको विवाहजस्तो पवित्र अवसरलाई
तपाईंले आफ्ना कर्तुत र हर्कत प्रदर्शन गर्ने थलो बनाउन खोज्नुभयोl
यो निन्दनीय मात्र होइन, घृणास्पद पनि हो।
तपाईंविरुद्ध कानुनी बाटो अवलम्बन गर्न सक्ने र बदला लिन सक्ने क्षमता मसँग छैन भन्ने भ्रममा नपर्नुहोस्।
मभित्र पनि त्यो शक्ति छl
तर मैले सहनशीलता र मर्यादालाई रोजेकी छु।
हो, म सरल छु, सोझी छुl
तर त्यसको अर्थ कायर हुँ भन्ने कदापि होइन।
म ‘भिरकी छोरी’ हुँ,
तिमीले जस्तो चालबाजी गर्न जान्दिनँ,
तर तिमीले देखाएका हर्कतमा दया गर्न सक्छुl
किनभने म स्त्रीत्वको सम्मान गर्छु,
अनि नारी हुनुको अर्थ बुज्दछु ।
तिम्रो काल्पनिक “आत्मकथा” सुन्दा एकछिन त सवै स्तब्ध होलान।
प्रेमका नामका ठगी धन्धा, पटक पटक विवाहमा अनि धोका, अनि बहु-पूरुषसँग लिभिङ टुगेदर?
अनि त्यसपछि बार्गेनिङ माग नमिले पछि बलात्कार मुद्धा?
के बलात्कार र भ्रुण हत्या पनि फरक फरक पुरुष संग पटक पटक हुन्छ? तिम्रो लागि ‘रिलेसनसिप बिग्रीय पछि र बार्गेनिडॅं नमिले भने प्रयोग गर्न मिल्ने हतियार’ हो? भैँसी किन्दा पनि सँगै पाडो उपहार जस्तो हो?
तिम्रो तेर्श्रो पति संगको त्यही ब्यहोराको sms का बिबरण अनि तिमी संग लिभिङ टुगेदर बसेर यस्तै दुख पाएर बेलायतमा पलायन भएको पिडित पुरुषको एस एम एस सार्बजनिक भएका छन र प्रहरीले प्रमाणको रुपमा ग्रहण गरेको छ। तिम्रो यस्ता नौटकि र नाटक साँच्चै बलात्कार पीडित महिलाहरूप्रति अपमान हो, अपराध हो।
अनि भ्रूण हत्या ? तिम्रो प्लानमा मलाई सेक्स गर पेट बोकाउ अनि भ्रूण हत्या गर्छु त्यो पनि फरक फरक मान्छे सँग पटक पटक ?
यदि सबै कुरा सहमतिमा थियो भने किन जन्म नदिएको?
यदि बलात्कृत थियौ भने त्यही बेलामा किन रिपोर्ट गरेनौ? अनि पटक पटक फरक मान्छे संग पटक पटक बलत्कार ?
किन तिम्रा प्रत्येक सम्बन्धको अन्त्यमा गर्भपतन नै “रिलेसनसिप एन्डिङ प्रोसेस” जस्तो? कमाउ धन्दा जस्तो ?
के भ्रूण हत्या तिम्रो लागि आत्मगौरव हो ?
आफ्नो सन्तानलाई बारम्बार चक्कु चलाएर मेटाउनु माताको ‘अधिकार’ हो र त्यो त तिम्रो बर्बरता हो।
त्यो आमा हुनुको अपमान हो।
त्यो सृष्टिको हत्या हो। तिमीलाई धेरै बर्ष कैद गर्नु पर्ने दण्ड दिनु पर्ने बिषय हो ?
याद राख,
पुरुष मात्रै बहुस्त्रीगामी होइन, महिला पनि बहुपुरुषगामी हुनसक्छे तिमी जस्तै ? यो महिलाको हक र स्वतन्त्रता होइन,
चरित्र पतनको कर्म हो।
आज तिमी स्त्रीत्वको आडमा अरुको चरित्र हत्या गर्दै छौ,
भोलि तिमी जस्ता ‘कथानायिकाहरू’ का कारण
साँचिकै पीडित महिलाको आवाज पनि दुनियाँले पत्यार गर्न छाड्नेछ।
अनि तिमीले भनेको प्रेम?
तीन–तीनवटा विवाह,
छिन–छिनमा नयाँ ब्वाइफ्रेन्ड,
जन्मेका बच्चाको अभिभावकत्वमा बेवास्ता,
बा-आमा र परिवारबाट सधैं अलग
अरूका छोरालाई फसाउने,
उनीहरूको जीवन डुबाउने,
र आफूचाहिँ रमाउने, उडाउने,
अन्ततः मन्दिर धाएर शुद्ध हुने नाटक!
यो आत्मशुद्धिको यात्रा हो त?
कि सीधै नर्कको साजसज्जा हो ?
म पनि महिला हुँ।
मसँग पनि भावना छ, सहानुभूति छ।
तर मसँग विवेक पनि छ।
म न न्यायाधीश हुँ, न नारी आयोग l
तर मलाई भ्रममा राख्न खोज्नेहरूको मुखौटो च्यात्ने आँट छ।
त्यसैले, शोभा जी, तपाँईलाई कसैको सहानुभुति छ भनेपनि
तिम्रो पीडाको नाटकबाट होइन तिम्रो अभिनयबाट दया जागेको हो।
तिम्रो ‘नक्कली पीडा प्रोडक्सन फसाउ एण्ड कमाउ प्रा. लि.’ लाई मेरो शुद्ध सहानुभूति छ।
प्रतिक्रिया