Logo

कर्पोरेट-बजार

नेपाल अटोमोटिभ व्यवसायी एसोसिएसनको अध्यक्षमा बम


GDP नेपाल
   २२ असार २०८२, आइतबार


काठमाडौं । नेपाल अटोमोटिभ व्यवसायी एसोसिएसनको प्रथम अधिवेशन तथा साधारण सभाले खगेन्द्र सिंह बमको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

ललितपुरको एकान्तकुनामा सम्पन्न अधिवेशनले संस्थाको अध्यक्षमा बम र सह–अध्यक्षमा कुमार चिमोरिया, वरिष्ठ उपाध्यक्षमा राजकुमार देवकोटा, उपाध्यक्षमा लक्ष्मण बन्जारा, महासचिवमा प्रकाश बस्नेत, उपमहासचिवमा राजेन्द्र कुमार राउत, सचिवमा नेत्र कटुवाल र कमल गौतम, कोषाध्यक्षमा जोतिमान बानियाँ र सह कोषाध्यक्षमा सन्तोष न्यौपानेलाई चयन गरिएको सह–अध्यक्ष कुमार चिमोरियाले जानकारी दिए ।

संस्थाको केन्द्रीय सदस्यहरूमा रोशन पौडेल, विनोद त्रिपाठी, जयराम अधिकारी, सुनिल पुरी, राजकुमार डङ्गोल, भूपेन्द्र भण्डारी, रामबहादुर बस्नेत, अमन लामा, शम्भु घिमिरेलगायत चयन भएका छन् ।

कार्यक्रममा यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेल, वरिष्ठ पत्रकार ऋषि धमला, नेपाल प्रहरीका एआईजी टेकबहादुर तामाङ, यातायात व्यवसायी, यातायातका कर्मचारी, कलाकारलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।

प्रकाशित : २२ असार २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह