Logo

बैंक / बिमा /शेयर

खानीखोला हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन


GDP नेपाल
   २६ असार २०८२, बिहिबार


काठमाडौँ । खानीखोला हाइड्रोपावरको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले १ः१ अनुपातमा हकप्रद शेयर निष्कासनका लागि असार २७ गते बुक क्लोज गर्न लागेको छ । त्यसकारण आज (बिहिबार) सम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरुले मात्रै कम्पनीले जारी गर्ने हकप्रद शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

नेपाल धितोपत्र बोर्डबाट असार १० गते हकप्रदका लागि स्वीकृती प्राप्त गरेको थियो । कम्पनीले १ः१ अनुपातमा प्रति शेयर १०० रुपैयाँ दरका ४६ करोड ५७ लाख १४ हजार कित्ता साधारण शेयर हकप्रद निष्कासन गर्नेछ । हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सिटिजन्स क्यापिटल रहेको छ ।

प्रकाशित : २६ असार २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह