Logo

बैंक / बिमा /शेयर

११ महिनामा वाणिज्य बैंकहरुको नाफा ५३ अर्ब ९७ करोड, कुनको कति ?


GDP नेपाल
   २९ असार २०८२, आइतबार


काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा वाणिज्य बैंकहरुले ५३ अर्ब ९७ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । अघिल्लो वर्ष यसै अवधिसम्म वाणिज्य बैंकहरुले ५६ अर्ब ७९ करोड ४३ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए।

जेठ मसान्तसम्ममा सबैभन्दा धेरै नाफा आर्जन गर्नेमा नबिल बैंक परेको छ । बैंकले ६ अर्ब ४० करोड रुपैयाँ बढी नाफा कमाएको छ । त्यस्तै, ग्लोबल आइएमईले ६ अर्ब ३ करोड र नेपाल इन्भेष्टमेन्ट मेगाले ५ अर्ब ६८ करोड रुपैयाँ नाफा कमाएको छ ।

साथै, सबैभन्दा कम नाफा आर्जन गर्नेमा कुमारी बैंक रहेको छ । बैंकले ३७ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

प्रकाशित : २९ असार २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह