Logo

अर्थनीति

७५ करोड विद्युत् महशुल नतिर्ने रिलायन्स स्पिनिङले सिआईपी पाउँदै


gdpnepal
   १ श्रावण २०८२, बुधबार


काठमाडौं । सरकारले आज (बुधबार) महत्वपूर्ण व्यावसायिक सम्मान (सीआईपी) प्रदान गर्दैछ।

२१ कम्पनी र ९ प्रतिनिधिमूलक संस्थालाई प्रदान गर्न लागिएको सीआईपी सम्मानमा केही विवादित कम्पनी समेत परेका छन् ।

भारततर्फ निकासी रकमको आधारमा प्रथम, दोस्रो र तेश्रो स्थान हासिल गर्नेमा डाबर नेपाल लिमिटेड, आरती स्ट्रीप्स र रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले सम्मान पाउँदैछन् ।

तर, रिलायन्स स्पिनिङ मिल्स भने डेडिकेटेड/ट्रंकलाइन विवादमा मुछिएको कम्पनी हो । गत वर्षसम्म यस कम्पनीले ७५ करोड बक्यौता महशुल प्राधिकरणलाई  बुझाउन बाँकी रहेको छ ।

प्रिमियममा आईपीओ जारी गर्न लागेको यो कम्पनी व्यवसायी पवन गोल्यान र शशीकान्त अग्रवालको स्वामित्वमा छ ।

महशुल विवादमा परेको र प्राधिकरण विरुद्ध पटकपटक अदालत गुहार्दा समेत आफ्नो पक्षमा आदेश ल्याउन नसकेको कम्पनीलाई सीआईपी दिनुले धेरैलाई आश्चर्यचकित बनाएको छ ।

 

प्रकाशित : १ श्रावण २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह