काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से २१.७६ अंकले बढेर दुई हजार ८९२.७२ विन्दुमा पुगेको छ ।
बैंकिङ ७, विकास बैंक ८६, फाइनान्स ०.२३, होटल तथा पर्यटन २१, हाइड्रोपावर १७, जीवन बीमा ३, उत्पादन २८, माइक्रोफाइनान्स १०३, निर्जीवन बीमा १६८, अन्य ४७ र व्यापार उपसमूह १८ अंकले बढेको छ ।
आज थ्री स्टार हाइड्रोपावरको सेयर सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज ग्रिन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर १० प्रतिशतले घटेको छ ।
यस दिन ३११ कम्पनीको तीन करोड ५६ लाख कित्ता सेयर १६ अर्ब ३२ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया