Logo

बैंक / बिमा /शेयर

नेपाल पुनर्बीमा कम्पनीले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने


gdpnepal
   १६ श्रावण २०८२, बिहिबार


काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ ।

कम्पनीले हकप्रद सेयर जारी गर्न अर्थ मन्त्रालयबाट स्वीकृति लिइसकेको छ भने यसको अनुमोदनका लागि आगामी साधारणसभामा पेश गर्ने तयारी रहेको कम्पनी सचिव इश्वर प्रधानले जानकारी दिए ।

नेपाल बीमा प्राधिकरणले गत पुस २५ गते चुक्ता पूँजी वृद्धि गर्नका लागि १ वर्ष अर्थात २०८२ माघ मसान्त सम्मको म्याद थप गरेको थियो ।

सोही अनुसार पुँजी वृद्धि गर्न लागिएको कम्पनीले जनाएको छ ।

“बृद्धि गरिने पूँजीको सीमाको हकमा बीमा प्राधिकरणले तोकेको पूँजीको सीमा एवं कम्पनीको व्यवसाय विस्तार गर्न र अन्तराष्ट्रिय बजारमा कम्पनीको उपस्थिति बढाउन कम्पनीको चुक्ता पूँजी २६ अर्ब भन्दा बढी कायम गर्नु पर्ने भन्ने व्यवस्थापनको सुझाव समेतलाई मध्यनजर गर्दै नेपाल सरकार अर्थमन्त्रालयको स्वीकृत लिई हाल कायम रहेका शेयरधनीलाई शतप्रतिशत हकप्रद शेयर जारी गरी पूँजी बृद्धि गर्ने र त्यस प्रयोजनकोलागि कम्पनी ऐन २०६३ को दफा ५६ (१) र दफा ८३ (क) अनुसार आगामी साधारण सभामा विशेष प्रस्ताव पेश गर्ने निर्णय गरियो,” कम्पनीले भनेको छ ।

कम्पनीको यस निर्णयको जानकारी धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा को ३४ उपदफा (१ख) वमोजिम सम्बन्धित निकायहरूमा पठाइसकेको प्रधानले बताए ।

 

प्रकाशित : १६ श्रावण २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह