काठमाडौं । आइतबार सेयर बजार परिसूचक नेप्से ५.१५ अंकले घटेर दुई हजार ५४०.५७ विन्दुमा पुगेको छ ।
बैंकिङ ४, विकास बैंक २७, फाइनान्स १९, हाइड्रोपावर १६, जीवन बीमा १३, माइक्रोफाइनान्स १८, निर्जीवन बीमा ५२, र व्यापार उपसमूह ३ अंकले घटेको छ । त्यस्तै, होटल तथा पर्यटन ११, उत्पादन २ र अन्य उपसमूह १६ अंकले बढेको छ ।
आज भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज सागर डीष्टिलरी, बुंगल हाइड्रो र बन्दीपुर केबलकारको सेयर ९.९९ प्रतिशतले बढेको छ ।
यस दिन ३३७ कम्पनीको ७९ लाख कित्ता सेयर ३ अर्ब ८९ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया