Logo

बैंक / बिमा /शेयर

हाम्रो साकोसको २२ औं साधारणसभा सम्पन्न


GDP Nepal
   २९ मंसिर २०७७, सोमबार


काठमाडौं । हाम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेड लगनखेल ललितपुरको २२ औं साधारणसभा तथा एकीकृत साधारणसभा मंसिर १३ गते सुरु भइ मंसिर २७ गते सम्पन्न भएको छ ।

साविक हाम्रो नमुना साकोस, हाम्रो थैली साकोस र सेवक साकोसबीच एकीकरण भइ हाम्रो साकोस नामबाट २०७६ मंसिर ३० गतेबाट एकीकृत कारोबार हुँदै आएको छ ।

२२ औं साधारणसभाले आगामी चार वर्षका लागि शम्भुप्रसाद फुयाँलको अध्यक्षतामा १३ सदस्यीय सञ्चालक समिति तथा तीन सदस्यीय लेखा समिति चयन गरेको छ ।

संस्थामा ५ हजार ५ सयभन्दा बढी सेयर सदस्य र १४ करोडभन्दा बढी सेयर पुँजी छ । यस्तै, १ अर्ब रुपैयाँभन्दा बढी निक्षेप र १ अर्बभन्दा बढी कर्जा लगानीसहित १ अर्ब ५० करोडको वासलात रहेको जानकारी सभामा गराइएको थियो ।

संस्थाको ललितपुर, भक्तपुर र काठमाडौंमा कार्यक्षेत्र रहेको छ । शाखाले सामाजिक क्षेत्रमा पनि काम गरेको कार्यक्रममा जानकारी दिइयो । सामाजिक क्षेत्रमा काम गर्ने विभिन्न व्यक्तिलाई सम्मान गरेको जानकारी दिइएको छ ।

प्रकाशित : २९ मंसिर २०७७, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह