Logo

Banner-news

साहिल अग्रवालले भनेः अन्नपूर्ण रिइन्स्योरेन्समा मेरो र शंकर ग्रुपको संलग्नता छैन !


GDP Nepal
   १४ पुस २०७७, मंगलबार


काठमाडौं । प्रस्तावित अन्नपूर्ण रिइन्स्योरेन्समा आफूहरुको कुनै संलग्नता नरहेको शंकर ग्रुपले जनाएको छ । ग्रुपले मंगलबार एक संक्षिप्त विज्ञप्ति जारी गर्दै अन्नपूर्ण रिइन्स्योरेन्समा शंकर ग्रुप र ग्रुपका प्रबन्ध निर्देशक साहिल अग्रवालको कुनै सम्बन्ध नरहेको स्पष्ट पारेको छ ।

सरकारी स्वामित्वको नेपाल पुनर्बिमा कम्पनीपछि निजी क्षेत्रबाट पनि अर्को रिइन्स्योरेन्स कम्पनी खोल्न गृहकार्य भइरहेको छ । १० अर्ब चुक्ता पुँजीसहित खुल्ने भनिएको यो कम्पनीका लागि व्यवसायीहरु लगानी गर्न तयार देखिएका छन् ।

यसअघि गैरआवाशीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, उनका भाइ संविधानसभा सदस्य डा. विरेन्द्र महतो र व्यवसायिक घराना शंकर ग्रुपका कार्यकारी निर्देशक साहिल अग्रवालको नेतृत्वमा नयाँ कम्पनी स्थापनाको गृहकार्य अघि बढेको समाचार प्रकाशित भएपछि शंकर ग्रुपले यस्तो विज्ञप्ति जारी गरेको हो ।

त्यसो त अन्नपूर्ण रिइन्स्योरेन्स कम्पनी स्थापनाको लागि नेपाली बिमा कम्पनीहरुलाई पनि संस्थापक सेयरधनी बनाउन सबै बीमा कम्पनीहरुमा ‘अफर लेटर’ पठाउन शुरु भइसकेको जनाइएको छ । प्रस्तावित कम्पनीमा संस्थापक सेयर कति हाल्न सक्ने हो भनेर पठाइएको अफर लेटरका बारेमा कतिपय बिमा कम्पनीहरुका संचालक समितिमा छलफल भएको समेत बताइन्छ ।

१० अर्ब रुपैयाँमध्ये ७ अर्ब ५० करोड रुपैयाँ संस्थापकको २ अर्ब ५० करोड रुपैयाँ सर्वसाधारणको सेयर हिस्सा रहने प्रस्ताव गरिएको छ ।

प्रकाशित : १४ पुस २०७७, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह