काठमाडौं । सानिमा बैंक ओम्नी च्यानलबाट डिजिटल बैंकिङ सेवा सुरुवात गर्ने पहिलो बैंक भएको छ । बैंकले ग्राहकहरुमा समान रुपले डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले पुस १६ गतेदेखि आफ्नो मोबाइल बैंकिङ एप् (सानिमा सजिलो ई–बैंकिङ्ग) अपग्रेड गरेको हो ।
सानिमा बैंकको सम्पूर्ण डिजिटल बंैकिङ सेवाहरु मोबाइल बैंकिङ एप् वा वेब ब्राउजरमा चल्ने हँुदा मोबाइल फोन, ट्याबलेट र ल्यापटप तथा कम्प्युटरबाट पनि चलाउन सकिन्छ ।
नयाँ भर्सनको साथमा, सानिमा बैंकको मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले ई–क्यास पठाउने र अन्य व्यक्तिहरुले पाउन सक्ने, ई–भौचरबाट जम्मा गर्ने, बैंकसंग मिटिङ तय गर्ने, बचत खाता तथा ऋणको आवेदन दिने, डिजिटल बंैकिङ सेवाहरु सम्बन्धी सोधपुछ लगायतका लाभ उठाउन सक्नेछन् ।
खाताको विवरण हेर्ने, रकम स्थानान्तरण गर्ने, क्यूआर कोडबाट भुक्तानी गर्ने, मुद्दती खाता खोल्ने र अनलाइन भुक्तानी गर्ने जस्ता हालका सेवाहरु पनि प्रयोगकर्ताहरुले प्रयोग गर्न सक्नेछन् ।
बैंक खाता नभएका प्रयोगकर्ताहरुले ई–क्यासबाट पठाएको रकम झिक्नर डिजिटल बंैकिङ सेवाहरु सम्बन्धी सोधपुछको सुबिधा पाउन सक्नेछन् ।
हालका मोबाइल बैंकिङ प्रयोगकर्ताहरुको मोबाइल एप् स्वतः अद्यावधिक हुनेछ । स्वतः अद्यावधिक नभएको खण्डमा डाउनलोड गरी अद्यावधिक गर्न सक्नेछन् ।
प्रतिक्रिया