Logo

Banner-news

स्ट्यान्डर्ड चार्टर्ड अध्यक्षमा जरिन दारुवाला, एससीबी इन्डियाकै सीइओ थिइन् !


GDP Nepal
   २४ पुस २०७७, शुक्रबार


काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालकोे नयाँ अध्यक्षमा जरिन दारुवाला चयन भएकी छन् । उनलाई बैंकले शनिबारदेखि लागू हुनेगरी नयाँ अध्यक्षमा नियुक्त गरेको हो । उनी यसअघि स्ट्यान्डर्ड चार्टर्ड बैंक इन्डियाको सीईओ भइसकेकी थिइन् ।

जरिन दारुवाला

वित्तीय क्षेत्रमा ३१ वर्षको अनुभव रहेकी दारिवाला होलसेल बैंकिङ, एग्रि फाइनान्सिङ, कर्पोरेट फाइनान्स, कर्पोरेट प्लानिङ, इन्भेष्टमेन्ट बैंकिङ क्रेडिट लगायतको अनुभव छ । यनी फर्चुन इन्डिया, बिजनेस वल्र्ड, टप हन्ड्रेड प्रभावशाली बीएफएसएल लिडर्सलगायतमा नोमिनेटेड भइसकेकी थिइन् ।

बैंकको ३४ औं साधारणसभा शुक्रबार हाइब्रिड मोडलमा सम्पन्न भएको छ । काठमाडौंको एभरेष्ट होटलमा भएको साधारणसभामा कोभिडका कारण सबै सेयरधनीलाई भौतिक आमन्त्रण गरिएको थिएन भने कतिपय भर्चुअल माध्यमबाटै सहभागी थिए ।

बैंकका अध्यक्ष जीतेन्दर अरोराको अध्यक्षतामा भएको साधारणसभामा दिइएको जानकारी अनुसार बैंकले यस वर्ष सेयरधनीलाई ४.८४ प्रतिशत नगद लाभांश र ७ प्रतिशत बोनस सेयर प्रदान गरेको छ ।

बैंकले गत वर्ष १ अर्ब ९९ करोड खुद नाफा कमाएको जानकारी दिइयो । यस्तै, निक्षेप ३०.२ प्रतिशतले वृद्धि भएर ९९ अर्ब २७ करोड पुगेको जनाइएको छ र

प्रकाशित : २४ पुस २०७७, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह