Logo

बैंक / बिमा /शेयर

एनआईबीएलको साधारणसभा सम्पन्न, १८.५ प्रतिशत लाभांश पारित


GDP Nepal
   ८ माघ २०७७, बिहिबार


नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड (एनआईबीएल)ले आर्थिक वर्ष २०७६/७७ का लागि आफ्नो ३४ औं वार्षिक साधारण सभा आज मिति २०७७ माघ ८ गते बैंकको केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाडौंमा सफलतापूर्वक सम्पन्न ग¥यो ।

महामारीको स्थितिलाई मध्यनजर गर्दै साधारण सभा भर्चुअल रुपमा सम्पन्न गर्ने निर्णय गरिएको थियो । साधारण सभामा आर्थिक वर्ष २०७६/७७ मा बैंकका प्रमुख उपलब्धीहरू, भविष्यका योजनाहरू, कार्यसम्पादन लक्ष्य र रणनीतिहरूका बारेमा छलफल भएको थियो ।

साधारण सभाको अध्यक्षता गरिरहनु भएका बैंकका अध्यक्ष श्री पृथ्वीबहादुर पाँडेले सञ्चालक समितिको बैठकले १८.५ प्रतिशत कुल लाभांश वितरण गरिने जानकारी दिए, जसमध्ये १३ प्रतिशत लाभांश (बोनस सेयर) र बैंकको कुल चुक्ता पुँजीको ५.५ प्रतिशत नगद लाभांश प्रदान गरिनेछ ।

यस वर्ष बैंकले ३.५१ अर्ब रुपैयाँ सञ्चालन नाफा आर्जन गर्न सफल भएको छ । आर्थिक वर्ष २०७६/७७ मा बैंकको खुद नाफा २.४२ अर्ब रुपैयाँ पुगेको छ भने बैंकको कुल चुक्ता पुँजी १४.२४ अर्ब रुपैयाँ पुगेको छ ।

आर्थिक वर्ष २०७६/७७ मा बैंकको निक्षेप गत आर्थिक वर्षको कुल रु. १५२ अर्बबाट वृद्धि भइ १६६ अर्ब रुपैयाँ पुगेको छ । यसैगरी कुल लगानी अघिल्लो वर्षको रु. १२७ अर्बबाट वृद्धि भइ रु. १४१ अर्ब रुपैयाँ पुगेको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंकले ८३ शाखा, १२८ एटीएम, २० एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५९ शाखारहित बैंकिङ काउन्टरहरूमार्फत् आफ्ना ग्राहकहरूलाई सेवा पु¥याउँदै आएको छ।

पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकाशन– युरोमनीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ युरोमनी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ । यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।

प्रकाशित : ८ माघ २०७७, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह