Logo

Banner-news

नख्खु क्षेत्रमा ग्लोबल आइएमई बैंकको क्यूआरमार्फत नगदरहित कारोबार


GDP Nepal
   ९ माघ २०७७, शुक्रबार


काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नगदरहित कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले ललितपुर जिल्लाको नख्खु बजार क्षेत्रमा क्यूआर कोडमार्फत नगदरहित भुक्तानी कार्यक्रम सुरु गरेको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार नख्खु क्षेत्रमा रहेका विभिन्न खुद्रा पसलहरुमा क्यूआर कोडमार्फत नगदरहित भुक्तानी प्रवद्र्धन कार्यक्रमको उद्घाटन गरे ।

नगदरहित कारोवार प्रवद्र्धन तथा वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यले बैंकले क्यूआर कोडमार्फत हुने विद्युतीय कारोबार प्रवद्र्धन कार्यक्रमको आयोजना गरेको छ ।

बैंकले आफ्ना ग्राहकहरुलाई विभिन्न किसिमका नगद रहित भुक्तानी सेवाउपयोग गर्न प्रोत्साहनका कार्यक्रमहरु गर्ने र यस किसिमका विद्युतीय कारोबारलाई प्रवद्र्धन गर्न थप कार्यक्रमहरु आयोजना गर्ने जनाएको छ । साथै बैंकले क्यूआर मर्चेन्टहरुलाई विद्युतीय भुक्तानीसम्बन्धी चेतनामुलक अनलाइन तालिमको सुरुवात पनि गरेको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बैंकले विभिन्न स्थानमाशाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवामार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

बैंकले २६४ वटा शाखा, ४७ वटा एक्सटेन्सनतथा राजश्व संकलन काउण्टर, २४० एटिएम, २४४शाखारहित बैंकिङ्ग सेवा र नेपालबाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय(अष्टे«लिया, बेलायत र भारत) मार्पmत आफ्ना २२ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित : ९ माघ २०७७, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह