Logo

Banner-news

इन्भेष्टमेण्ट बैंक र सिटी एक्सप्रेस फाइनान्सबीच आजदेखि एकीकृत अपरेसन


GDP Nepal
   ११ माघ २०७७, आइतबार


काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड (एनआईबीएल) र सिटी एक्सप्रेस फाइनेन्सबीच आइतवारदेखि एकीकृत अपरेसन सुरु भएको छ ।

एनआईबीएलले आफ्नो र सिटी एक्सप्रेस फाइनेन्स कम्पनी लिमिटेड बीच आइतवारदेखि एकिकृत अपरेसन सुरु गर्ने घोषणा गरेको जनाएको छ। संयुक्त आपरेशनहरू तीन शाखा बाट सञ्चालन गरिनेछस घन्टाघर, बिर्तामोड र गाईघाट। यी थप तीन शाखाहरूले हाम्र। ग्राहकहरूलाई गुणस्तरीय बैंकिंग सेवाहरू प्रदान गर्नेछ।

नेपाल इन्भेष्टमेण्ट बैंकले ८६ शाखा, १२८ एटीएम, २० एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५९ शाखारहित बैंकिङ काउन्टरहरूमार्फत् आफ्ना ग्राहकहरूलाई सेवा पु¥याउँदै आएको छ।

फाइनान्सियल टाइम्सबाटपाँच पटकसम्म ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकाशन– युरोमनीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ युरोमनी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ ।

यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।

प्रकाशित : ११ माघ २०७७, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह