Logo

Banner-news

एनएमबिको खुद नाफा १ अर्ब ६१ करोड, निक्षेप र कर्जाको हिस्सा बढाउन सफल


GDP Nepal
   १५ माघ २०७७, बिहिबार


काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को दोश्रो त्रयमासमा एनएमबि बैंक लि.को खूद मुनाफा १ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । उक्त नाफाबाट नियमकारी तथा अन्य समायोजन पश्चात शेयरधनीहरुका लागि वितरण योग्य नाफा १ अर्ब ५१ करोड रुपैयाँ रहेको छ ।

बैंकको कूल निक्षेप १ खर्ब ४९ अर्ब र कूल कर्जा सापट १ खर्ब ४४ अर्ब पुगेको छ । बैंकले यस आ.व. को ६ महिना भित्रमा निक्षेपमा १४.६१ अर्ब र कर्जा तथा सापटमा २१.८८ अर्बले वृद्घि गर्न सफल भएको छ ।

यस बैंकको वाणिज्य बैंकहरुको समूहमा २०७७ असार मसान्तमा रहेको बजार हिस्सा निक्षेप तर्फ ३.८६ प्रतिशतबाट वृद्घि भई ३.९५ प्रतिशत र कर्जा तर्फ ४.१९ प्रतिशतबाट वृद्घि भई ४.४३ प्रतिशत पुगेको छ ।

त्यसैगरी, निक्षेपमा भएको वृद्घिमा बचत निक्षेपको हिस्सा ६५ प्रतिशत रहेको छ । कर्जा तथा सापट वृद्घि हुनुमा मुख्यतः कृषि, उर्जा, साना तथा मझौला कर्जा आदिको योगदान रहेको छ । बैंकले पौष मसान्त सम्ममा कूल ३,२३७ जना ग्राहकहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाह गरेको छ ।

यस आ.व.को पौष मसान्त सम्ममा बैंकको पूंजी कोष अनुपात १३.६८ प्रतिशत रहेको छ भने निष्किृय कर्जाको अनुपात २.३८प्रतिशत रहेको छ ।

एनएमबि बैंक विगत ४ वर्षमा ३ पटक “द बैंक अफ दि इयर” बाट सम्मानित भएको छ । विश्व बैंक अन्तर्गत रहेको आइएफसीबाट दोश्रो पटक पुनः अमेरिकी डलर २ करोड ५० लाख कर्जाको लागि समझदारी गरिसकेको छ ।

नेपालमै उक्त संस्थाबाट दुई वर्षमा लगातार कर्जा लिने यो एक मात्र बैंक हो । यस बैंकले गत वर्ष र यस वर्ष गरि दुई वटा विकास बैंकहरुलाई मर्ज÷प्राप्ती गरि आफ्नो पहुँचलाई विस्तार गरेको छ ।

बैंकले देश भरीमा १८० वटा शाखा, ९ वटा एक्सटेन्सन काउन्टर र १३५ वटा एटिएमबाट सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित : १५ माघ २०७७, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह