Logo

Banner-news

मनी चेञ्जरको नवीकरण शुल्क नै १ लाख, अस्वस्थ प्रतिस्पर्धा र अवैध कारोबारको चिन्ता


GDP Nepal
   १८ माघ २०७७, आइतबार


काठमाडौं । सरकारले यस वर्षदेखि मनी चेञ्चरहरुको नवीकरण शुल्क बढाएको छ । मनी चेञ्जरहरुको वार्षिक नवीकरण शुल्क ११ गुणा बढाइएसँगै यस क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा तथा अवैध कारोबारको चिन्ता बढाएको छ ।

मनी चेञ्जर विनियमावली २०७७ अनुसार यसअघि मनिचेञ्जर व्यवसायीले वार्षिक नवीकरण शुल्कवापत ३ हजार रुपैयाँ बुझाउनुपर्नेमा अहिले यसलाई बढाएर तीन वर्षको नवीकरण शुल्क १ लाख रुपैयाँ बनाइएको छ ।

मुद्रा सटही व्यवसायी सङ्गठन (मनी चेञ्जर) पोखराको साधारणसभा तथा अधिवेशसनमा व्यवसायीहरुले शुल्कवृद्धिको विरोध गरे ।

महाधिवेशनबाट अध्यक्षमा निर्वाचित रुपकराज मिश्रले भने, मनी चेञ्जर विनियमावली २०७७’ व्यवसायीमैत्री छैन र यसले र व्यवसायीलाई थप भार पारेको अवस्था छ । मुद्रा सटही व्यवसायीलाई पहिला वार्षिक तीन हजार नवीकरण शुल्क लाग्नेमा अहिले तीन वर्षको नवीकरण शुल्क एक लाख बनाइएको छ । यो न्यायोचित छैन, यसको विषयमा आवाज उठाउएर व्यवसायीमैत्री बनाउन पहल गर्नेछु ।

पोखरामा सम्पन्न सङ्गठनको १५ औँ साधारणसभा तथा आठौँ अधिवेशनबाट मिश्र निर्विरोध निर्वाचित भएका हुन् । अधिवेशनबाट उपाध्यक्षम दीपकराज पौडेल, सचिवमा सङ्गीता पौडेल र कोषाध्यक्षमा अमृत भुजेल तथा सदस्यमा अनिता अधिकारी, कमल भुजेल, सबु श्रेष्ठ र प्रवीण अधिकारी निर्वाचित भएका छन् ।

साधारणसभाको उद्घाटनसत्रमा गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले कोभिड– १९ का कारणले मुद्रा सटही व्यवसायी प्रत्यक्ष मारमा परेको बताए । दैनिक १८ घण्टासम्म तयार रहेर सेवा दिइरहेका व्यवसायी अहिले निकै मर्कामा परेको भन्दै पहारीले भने, , अब परिस्थिति सामान्य हुँदैछ, विचलित नभई व्यवसायमा लाग्नुस् ।

नेपाल राष्ट्र बैंक पोखराका उपनिर्देशक रामकुमार कार्कीले व्यवसाय सञ्चालनमा देखिएका कठिनाइ हटाउन समन्वय र सहजीकरण गर्न पहल गरिने बताए । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पर्यटन क्षेत्रमा धेरैको लगानी भए पनि लगानीअनुसारको सेवा र सुविधा राज्यबाट पाउन नसकेको गुनासो गरे ।

प्रकाशित : १८ माघ २०७७, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह