Logo

Banner-news

बिमा समिति अध्यक्षमा पूर्वसचिव सूर्य सिलवाल नियुक्त


GDP Nepal
   २० माघ २०७७, मंगलबार


काठमाडौं । बिमा समितिको अध्यक्ष पदमा पूर्वसचिव सूर्यप्रसाद सिलवाल नियुक्त भएका छन् । सोमबारको मन्त्रिपरिषद् बैठकले सिलवाललाई अध्यक्षमा नियुक्त गरेको हो ।

सिलवाल कर्मचारीतन्त्रमा खासै विवादमा नपरेका इमानदार पूर्वसचिव मानिन्छन् । गृह र उद्योग मन्त्रालयको सचिवको जिम्मेवारी सम्हालेका उनी वाणिज्य क्षेत्रका भने राम्रो जानकार व्यक्ति हुन् ।

सिलवालसँग बिमा क्षेत्रको गहिरो अध्ययन र अनुभव नभए पनि उनी कुशल प्रशासक भएकाले बिमा क्षेत्रमा सुशासन स्थापनाका लागि उनको प्रभावकारी भूमिकाको अपेक्षा गरिएको छ ।

बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंको कार्यकाल सकिएको एक महिनापछि सिलवाललाई मन्त्रिपरिषदले नयाँ अध्यक्षमा नियुक्त गरेको हो ।

प्रकाशित : २० माघ २०७७, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह