Logo

Banner-news

कोरोना बिमामा अर्थमन्त्रीको निर्देशन बिमा समितिले टेरेन, निर्देशन दिन छाड्दैनन् !


GDP Nepal
   २३ माघ २०७७, शुक्रबार


काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार बिमा समितिका अध्यक्षको सपथ ग्रहण कार्यक्रममा बिमा क्षेत्रमा भएका समस्या समाधानका लागि खरोरुपमा उत्रन निर्देशन दिए ।

आर्थमन्त्रीले नवनियुक्त अध्यक्ष सूर्यप्रसाद सिलवाललाई आफ्नो कार्यकाल बिमा क्षेत्रका लागि कोसेढुङ्गा सावित गर्न खालका काम गर्न पनि आग्रह गरे ।

पौडेलले बिमा क्षेत्रका समस्याहरु केलाउन निर्देशन दिँदै ती समस्या समाधानका लागि अर्थ मन्त्रालयले सहयोग, सहजीकरण र समन्वय गर्ने बताएको उनको सचिवालयले जनाएको छ ।

अर्थमन्त्री पौडेलका पछिल्ला निर्देशन सैद्धान्तिक भए पनि उनको निर्देशनले बिमा क्षेत्रमा कुनै असर नपर्ने विगतमा देखिएको छ । अर्थमन्त्रीले पदभार सम्हालेलगत्तैका दिनमा कोरोना बिमा सात दिनभित्र भुक्तानी गर्न र त्यसको कार्यान्वयन नभएपछि एक महिनामा फेरि तीन दिनभित्र दिन निर्देशन दिएका थिए ।

तर, कोरोना संक्रमितहरुले अझै पनि भुक्तानी पाएका छैनन् ।

१९ असोजमा अर्थमन्त्री विष्णु पौडेलले बिमा समिति र कम्पनीका प्रतिनिधिसमेतलाई बोलाएर कोरोना बिमाको दाबी एक साताभित्र भुक्तानी गर्न निर्देशन दिएका थिए । यस्तै, कात्तिक १९ गते पुनः तीन दिनभित्र भुक्तानीका लागि निर्देशन दिइएको थियो ।

अर्थमन्त्रीका एकपछि अर्को महत्वपूर्ण र जनतासँग प्रत्यक्ष सरोकार राख्ने निर्देशनको अवज्ञा भइरहेको बेला पछिल्ला अभिव्यक्ति औपचारिकतामै सीमित रहने देखिएको छ ।

प्रकाशित : २३ माघ २०७७, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह