चितवन । भरतपुर महानगरपालिका भ्रमण वर्ष २०२४ को तयारीमा रहँदा शहरको मुख्य क्षेत्र नै अस्तव्यस्त देखिएको छ । महानगरपालिकाको कार्यालयसम्म यतिबेला सवारीसाधन लिएर जानसक्ने अवस्था छैन भने सडक धुलाम्ये छ । महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी ठेकेदारको ढिलाइका कारण सडक निर्माण पूरा हुन नसक्दा आफूहरु नाजवाफ बनेको बताउँछन् । होटल संघ नेपालका प्रतिनिधिसँग सोमबार भएको छलफलमा…