काठमाडौं । सरकारले विद्युतीय बस खरिदका लागि साझा यातायातलाई दिएको ३ अर्ब रुपैयाँ फिर्ता गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले साझाबाट ब्याजसहित रकम फिर्ता लिने निर्णय गरेको जानकारी दिए । साझामाथि तोकिएको समयमा बस खरिद गर्न नसकेको आरोप लगाइएको छ । तर, स्रोतका अनुसार…