काठमाडौं । नयाँ वर्ष २०२० को पहिलो दिनसँगै नेपाल भ्रमण वर्ष २०२० पनि सुरु भएको छ । ३६५ दिनमा २० लाख विदेशी पर्यटक भित्र्याउने महत्वाकांक्षी लक्ष्यसहित सुरु भएको भ्रमण वर्षको बुधबार औपचारिक शुभारम्भ राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुनेछ । काठमाडौंको दशरथ रंगशालामा भव्य समारोहका बीच भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्ने कार्यक्रम छ भने अस्वस्थताका बाबजुद प्रधानमन्त्री…