काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीनिकट उम्मेदवार यक्षध्वज कार्की पराजीत भएका छन् । उनलाई प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस निकटका रवि सिंहले पराजीत गरे । शनिबार राति भएको मत गणनाको अन्तिम परिणामअनुसार सिंहले कार्कीभन्दा १ सय १३ मत बढी प्राप्त गरे । सिंहले ४६६ मत पाउँदा कार्कीले भने ३५३ मत पाएका…