काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिबारे सदनलाई जवाफ दिनुपर्ने भएको छ । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् । सोमबारको बैठकमा प्रमुख विपक्षी नेकपा एमालेले पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे सरकारसँग जवाफ मागेपछि सभामुख अग्निप्रसाद सापकोटाले रुलिङ गरेका हुन् । “माननीय सदस्यहरुले उठाउनुभएको विषय (पेट्रोलियम पदार्थको मूल्यवृद्धि)मा मेरो…