काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ, काठमाडौंको अगुवाईमा शुक्रबार व्यवसायिक संगठनका नेताहरुले माइतीघर मण्डलामा ब्याजदर वृद्धि विरुद्ध मौन प्रदर्शन गरेका छन्। उनीहरुले ब्याजसँगै चालुूपुँजी कर्जा नीतिको पनि चर्को विरोध गरेका छन्। महासंघका उपाध्यक्षहरु दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ, रामचन्द्र संघईलगायत आन्दोलनमा सहभागी भएका थिए। ब्याज दर वृद्धिको विरोध काठमाडौं उपत्यकामा यति ठूलो आन्दोलन भएको यो पहिलोपटक…