काठमाडौं । प्रहरी महानिरिक्षक वसन्तबहादुर कुँवरले सांसद विनोद चौधरीलाई बयान लिनुअघि संसदलाई पत्र पठाएर अतिरिक्त सक्रियता देखाएको स्वीकार गरेका छन् । सांसदहरुले संविधान र कानुनविपरीत छानबीनकै क्रममा संसदलाई पत्र पठाएको भन्दै आलोचना गरेपछि महानिरीक्षक कुँवरले सांसदको समय आफूहरुले होल्ड गर्नुपरेका कारण संसदमा पत्र पठाइएको बताए । सीआईबीले चौधरीमाथि छानबीन भइरहेको भन्दै सभामुखलाई पत्र लेखेको थियो…