काठमाडौं । पूर्व अर्थमन्त्री एवं प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले मौनता तोड्दै प्रधानमन्त्री पुष्पकमल दाहालले आफूमाथि गरेको टिप्पणीको प्रतिवाद गरेका छन् । आफूले दोस्रो चरणको आर्थिक सुधारका काम गरेको र त्यसमा गर्व रहेको उल्लेख गर्दै प्रधानमन्त्रीका आरोप कपोलकल्पित रहेको उनको भनाइ छ । पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै डा. महतले आफूले प्राथमिकताका…