महोत्तरी । प्रदेश २ का नवनियुक्त दुई मन्त्रीले शपथ लिएका छन् । नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुधन महतो र कानुन, न्याय तथा प्रदेश सभा मामिला मन्त्री प्रमोद यादवले प्रदेश प्रमुख हरिशङ्कर मिश्र समक्ष शपथ लिएका हुन् । दुई मन्त्री नेकपा (एकीकृत समाजवादी) बाट सरकारमा सहभागी भएका हुन् ।