काठमाडौं । सरकारले मिटरमा जान नमान्ने र सेवाग्राहीसँग बार्गेनिङ गर्ने ट्याक्सीको दर्ता खारेज गर्ने भएको छ । ट्याक्सीले उपभोक्ता ठगी गरेको व्यापक जनगुनासोपछि सरकार उनीहरुबिरुद्ध कठोर भएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले ट्याक्सीमा विद्यमान सिन्डिकेट अन्त्यका लागि सरकार प्रतिबद्ध रहेको भन्दै उनीहरुले जथाभावी गरे सरकार चुप लागेर नबस्ने प्रतिबद्धता जनाए ।…