जुम्ला । जुम्लाका आठै स्थानीय तहद्वारा निर्माण गरिएका कुनै पनि ग्रामीण सडक मापदण्डअनुसार निर्माण भएका छैनन् । बिना प्राविधिक स्टिमेटअनुसार डोजर चालकलाई सडक निर्माणको जिम्मेवारी सुम्पेपछि, मापदण्डअनुसार सडक निर्माण नभएको पाइएको छ । डोजर चाकलाई प्राविधिक बनाउँदा मनपरि तरिकाले सडक निर्माण भएका छन् । तर कसैले पनि यस विषयमा नबोल्दा आयोजनाको भुक्तानी पनि भइसकेको छ…