काठमाडौं । सरकारले मंगलबार संसदमा आर्थिक सर्भेक्षण पेश गरेको छ । बजेटको दुई दिनअघि पेश गरिएको सर्भेक्षणमा आर्थिक परिसूचकहरु त्यति खराब नदेखिए पनि फागुनसम्मको तथ्यांकका आधारमा सर्भेक्षण सार्वजनिक गरिने भएकाले चैतपछिको अवस्था प्रतिविम्बित छैन । सर्भेक्षणअनुसार नेपालीको आय अमेरिकी डलर १,०८५ पुगेको छ भने गरिवी १८.७ बाट घटेर १६.६७ प्रतिशतमा झरेको छ । आर्थिक सर्भेक्षणका…