नयाँदिल्ली (एजेन्सी): नेपालको दक्षिणी छिमेकी भारतले आर्थिक क्षेत्रमा हासिल गरेको प्रगति निकै लोभलाग्दो छ । समाचारहरुमा जनाइएअनुसार यो वर्ष विश्वकै पाँचौं ठूलो अर्थतन्त्रमा भारतले बेलायतलाई पछि पार्ने देखिएको छ । ग्लोबल इन्फर्मेसन प्रोभाइडर आईएचएस मार्केटका अनुसार सन् २०२५ सम्म जापानलाई पनि पछि पार्दै भारत एसिया–प्रशान्त क्षेत्रको दोस्रो ठूलो अर्थतन्त्र हुनेछ । गत महिना सम्पन्न लोकसभा…