नेपाल सिमेन्ट उद्योगले उजुरीको आधारमा उद्योगी तथा व्यवसायीलाई पक्राउ गर्दा औद्योगिक वातावरणमा नकारात्मक असर पर्ने बताएको छ । मारुती सिमेन्ट उद्योगका संचालक र कर्मचारीमाथि पक्राउ पूर्जी जारी भएको विषयमा विज्ञप्ति निकाल्दै संघले दोषी ठहर नभई उद्योगी तथा व्यवसायीमाथि धरपकड गर्ने कार्यले औद्योगिक वातावरणमा असर पर्ने जनाएको हो । ‘कुनै व्यक्तिले निहीत स्वार्थको लागि दिएको उजुरीको…